कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कांग्रेस र माओवादी केन्द्रले उद्धार र राहतको काममा लाग्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्न जिल्लामा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा उद्धार र राहतकाे काम गर्न सरकारलाई आग्रह गरेको हो ।
सभापति शेरबहादुर देउवाले बिहान विज्ञप्ति निकालेर तीन वटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न सरकारलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै पार्टी कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारमा जुट्न निर्देशन दिनुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले पनि बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्धारसहित पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि सभामुख सापकोटा सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।