मेलम्चीमा बाढीकाे उत्पात, हेर्नुहाेस् तस्बिरमा

 असार २, २०७८ बुधबार १४:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चाेककाे मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याउँदै तहसनहस बनाएकाे छ । बाढीका कारण सयाैँ मानिस बेपत्ता भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएकाे छ । 

अहिले त्यस क्षेत्रमा खाेज र उद्धारका लागि नेपाली सेनाकाे हेलिकप्टर परिचालन गरिएकाे छ । त्यस्तै सेना, प्रहरी, जनप्रतिनिधिलगायतकाे टाेली पनि खटिएका छन् ।

सिन्धुपाल्चाेकले बर्सेनि प्राकृतिक विपत्तिकाे सामना गर्दै आइरहेकाे छ । बाढी र पहिरोका कारण जनधनको क्षति बेहाेर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले अघिल्लो वर्ष विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि विपद् प्रतिकार्यको काम प्रभावकारी हुन सकेको छैन ।

बाढीले उउत्पात मच्चाएकाे मेलम्चीकाे अवस्था तस्बिरमा हेर्नुहाेस्–  

तस्बिर : आदित्य दाहालकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया