आज कहाँ-कहाँ बाढीको सम्भावना ?

 असार ३, २०७८ बिहीबार ९:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् । 

विज्ञले आज कोशी, नारायणी, कर्णाली र महाकालीलगायत केही नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिएका छन् ।  यस्तै, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने चेतावनी दिइएको छ ।

पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीमा पनि पानीको बहाव बढ्ने हुँदा उच्च सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् । 

यी क्षेत्रमा आज बाढीको जोखिम 

वाग्मती प्रदेश
आज वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, चितवन र मकवानपुरका नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ । 

गण्डकी प्रदेश
गण्डकी प्रदेशका गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जामा बाढीको जोखिम छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको दाङ, प्युठान, बाँके, बर्दिया, रुकुमका नदी तथा खोलामा पानीको बहाव बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालीकोट, जाजरकोट र हुम्लामा पनि बाढी आउने जोखिम छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका विभिन्न नदी तथा खोलामा पनि आज बाढी आउने सम्भावना छ । विज्ञका अनुसार त्यहाँको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजार, बझाङ र दार्चुला र आसपासका जिल्ला भएर बहने साना नदीमा पनि पानीको बहाव बढी आउने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

अबको केही दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले नदी तटीय क्षेत्रका बासिन्दा र भिरालो जमिनमा बसोबास भएकाहरुलाई सावधानी अपनाउन सुझाव दिएका छन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया