दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रतिपक्षी दलका शीर्ष नेताहरूले बाढी, पहिरो र डुबानबाट नागरिकको सुरक्षा गर्न र विस्थापितका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।
दलका नेताहरूले बिहीवार (आज) संयुक्त विज्ञप्ति निकालेर बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतका काम तत्काल प्रभावकारी रूपमा अगाडि बढाउन माग गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर प्राकृतिक विपत्तिको सामना गर्ने कुरामा कुनै पूर्वतयारी नगरि सरकार गैरजिम्मेवार बनेको समेत आरोप लगाएका छन् ।
गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पुर्याउन सबै पार्टीका कार्यकर्ता र सङ्घ–संस्थालाई पनि उनीहरूले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।