तीन दिनदेखि राेकिएकाे काठमाण्डाै उपत्यकाकाे फाेहर व्यवस्थापन आजदेखि फेरि सुरु

 असार ३, २०७८ बिहिबार १८:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – तीन दिनदेखि रोकिएको काठमाण्डाै उपत्यकाको फोहर आजदेखि फेरि व्यवस्थापन गर्न थालिएको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर व्यवस्थापनमा समस्या भएको थियो । 

महानगरपालिकाको वातावरण विभागका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि भरिएकाले समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन गर्न थालिएको विभागले बताएकाे छ । 

विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको सिसडोलमा हरेक वर्ष वर्षाकाे समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । 

अहिले उपत्यकाबाट दैनिक झन्डै एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा महानगरबाट मात्रै पाँच सय मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ । काठमाण्डाै उपत्यकाका १८ पालिकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया