उपेन्द्र यादव समूह आधिकारिकता दाबी गर्न स–शरीर आयोगमा उपस्थित हुने

 असार ३, २०७८ बिहिबार १८:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूह आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित हुने भएको छ । बिहीवार (आज) बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न बहुमत सदस्यसहित सशरीर आयोगमा उपस्थित हुने निर्णय गरेको हो । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै फेरि निवेदन दिने निर्णय भएको उपेन्द्र यादव समूहका नेताहरूले बताएका छन् । यसअघि गएको जेठ १७ गते अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता नदिएपछि यो समूह सशरीर आयोगमा उपस्थित हुने भएको हो । 

यस्तै आजको बैठकले सरकारमा सहभागी भएका नाै जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

साथै आज बसेको बैठकले मुख्यमन्त्री शङ्कर पोखरेललाई साथ दिँदै आएका लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । उनीहरूलाई यसअघि पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया