रसुवागढी नाका जोड्ने सडक पहिरोले बन्द

 असार ४, २०७८ शुक्रबार ८:३६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोले बन्द भएको छ । रसुवाको धुन्चेदेखि रसुवागढीसम्म चार ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धुन्चे-स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोलामा र चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको छ । त्यस्तै ठूलो भार्खुमा पहिरोले ग्याविनवाल नै बगेको छ । स्याफ्रु-रसुवागढी सडक खण्डमा लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन ।

हिजो ब्लास्टिङ गरेर ठूलो ढुङ्गा फुटाइएको भए पनि हटाउने काम आज मात्र गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया