बाढी–पहिराे : खाेज, उद्धार र राहत वितरणमा खटिँदै सेना

 असार ४, २०७८ शुक्रबार २०:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावित नागरिककाे उद्धार र राहत वितरणमा नेपाली सेना खटिरहेका छन् । 

नेपाली सेनाले आज मनाङकाे ताछे, रुगु, भिर र ताल क्षेत्रबाट बाढी तथा पहिरोबाट जोखिममा परेका ८१ जना स्थानीयवासीलाई एमआई-१७ हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

यस्तै सेनाले सिन्धुपाल्चोककाे मेलम्चीबाट हेलिकप्टरद्वारा हेलम्बु गाउँपालिकामा रहेकाे क्युल र चनौटे क्षेत्रमा रहेका बाढी प्रभावित व्यक्तिहरूको खोज, उद्धार तथा राहत ढुवानी कार्यमा सहयोग गरेको छ ।

सिन्धुपाल्चाेककाे मेलम्चीबाट नेपाली सेना तथा निजी हवाई साधनद्वारा १७ जना विदेशी नागरिकसहित ८४ जनालाई सकुशल उद्धार गरिएकाे छ ।  

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया