प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

 असार ५, २०७८ शनिबार ८:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको विज्ञले बताएका छन् । यस्तै, नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विज्ञको आग्रह छ । आज दिनभरि नै मौसम बद्ली रहने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया