बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

 असार ५, २०७८ शनिबार १२:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ ।

पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जाने समयका लागि जलाशय खाली गराइएको हो । उहाँका अनुसार तामाकोशीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निर्माण गरिएकाे छ ।

तामाकोशी नदीमा पानीको बहाव अहिले स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्म बाढी नआए पनि जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन नदी आसपासका स्थानीय बासिन्दालाई आग्रह गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया