आज बाढीको सम्भावना कहाँ-कहाँ ?

 असार ६, २०७८ आइतबार १०:३३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - विभिन्न नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदी बग्ने २५ जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान निकालेको बुलेटिनमा महाकाली र सहायक नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने अनुमान छ । त्यस्तै कन्काई, कमला, वाग्मतीमा आकस्मिक बहाव हुनसक्ने र पश्चिम राप्ती, तिनाउ, बबई र सहायक नदीमा पानीको बहाव बढ्दो क्रममा छ ।

आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुला उच्च जोखिममा परेका छन् ।

त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाण्डौ, सिन्धुली, चितवन, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोटी, अछाम, बाजुरा र बझाङ मध्यम जोखिम जिल्लाका रुपमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया