देशका केही ठाउँको मौसम सफा : पानी पर्न रोकिएसँगै धेरैजसो नदी तथा खोलामा पानीको बहाव घट्यो

 असार ७, २०७८ सोमबार ७:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेको छ । अहिले वाग्मती प्रदेश, प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँको मौसम खुलेको छ । प्रदेश-१ का केही ठाउँमा घाम लागे पनि केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार प्रदेश-१ का केही ठाउँसँगै अहिले कर्णाली प्रदेशमा पनि पानी परिरहेको छ । मौसमविद्ले आज प्रदेश-१, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् । गएको २४ घण्टामा रुकुममा सबैभन्दा धेरै ८० मिलीमिटर पानी परेको छ । यस्तै, आज, भोलि र पर्सि केही ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको छ ।

हिजोदेखि नै पानी पर्न कम भएपछि देशका धेरैजसो नली तथा खोलामा पानीको बहाव घटेको छ । यसले तत्कालका लागि बाढीको जोखिम घटेको छ । तर, यसअघिको लगातारको झरीले जमिन गलिसकेकाले सामान्य पानी पर्दा समेत पहिरोको जोखिम भने रहने मौसमविद्ले बताएका छन् । यस्तै, आउँदो बिहीवारदेखि देशभर मौसम पूर्ण बद्ली भइ ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

यसपालिको बर्खामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको बाढी पहिरोको जोखिम उच्च छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया