बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

 असार ७, २०७८ सोमबार ९:११:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम - बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ ।

मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो ।

पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष  नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया