माओवादी केन्द्रले पार्टी बदलेका पालिकाका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाउने

 असार ७, २०७८ सोमबार १२:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले पार्टीको कारबाहीमा परेका पालिकाका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाउने भएको छ । 

पार्टी परिवर्तन गरेकाहरुलाई कारबाही गर्ने निर्णय यसअघि नै भएको र आज बसेको केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरेर निष्कासन गरिएको पत्र आयोगमा पठाउने निर्णय भएको नेता देव गुरुङले जानकारी दिनुभयो । 

यसअघि पार्टी त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको भए पनि आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै पार्टी परित्याग गरेको सूचना जारी गरेको थिएन । 

पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै हिजो माओवादी केन्द्रका नेताहरु आयोगमा पुगेर ध्यानाकर्षण गराएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया