गोकर्णको कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जना पक्राउ

 असार ७, २०७८ सोमबार १८:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण रमपम चोकमा रहेको कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका ९ का ४२ वर्षीय अंकित घिमिरे र गोकर्णेश्वर नगरपालिका ८ बालुवाखानी बस्ने सर्लाहीको रामनगर गाउँपालिका ६ का ४६ वर्षीय रूपनायाण शाह रहेका छन् । 

कृष्ण मन्दिरबाट गएको जेठ २३ गते मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पित्तलको सानो ठूलो मूर्ति आठ थान र प्लास्टिकको मूर्ति तीन थान गरी जम्मा ११ थान मूर्तिसहित पक्राउ गरेको हो ।  

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया