झन्डै ८० अङ्कले बढेको नेप्सेमा हरियाली, पुनर्बीमा कम्पनीको मात्रै डेढ अर्ब रुपैयाँको कारोबार

 असार ८, २०७८ मंगलबार १५:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने झन्डै ८० अङ्कले बढेको छ । नेप्से आज ७९ दशमलव ४४ अङ्कले बढेर दुई हजार नौ सय १३ दशमलव ८४ विन्दुमा पुगेको हो । कारोबार भएका सबै समूहको शेयर बढेको छ, बैंकिङ समूहको शेयर ४४ अङ्कले र विकास बैंक समूहको शेयर दुई सय ५१ अङ्कले बढेको छ ।

यस्तै व्यापारको २१, होटलको एक सय नौ, जलविद्युतको एक सय ५०, फाइनान्सको एक सय २७, माइक्रोफाइनान्सको ६४, जीवन बीमा समूहको तीन सय ८७, निर्जीवन बीमा समूहको तीन सय ७५, उत्पादनको एक सय ६२, अन्यको ३४ र लगानी समूहको शेयर एक सय ११ अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका एक करोड ९७ लाख कित्ता शेयर १० अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पाँच वटा कम्पनीको शेयर १० प्रतिशतले र २८ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया