कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारको निर्णय

 असार ८, २०७८ मंगलबार १९:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने निर्णय गरेको छ । साेमवार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले गन्तव्य र वायु सेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

आन्तरिक उडानतर्फ कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी काेटा तोकिएको छ । गन्तव्य र हवाई कम्पनीको कोटा नागरिक उड्डयन प्राधिकरणले तोक्नेछ ।

यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाण्डाै– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । यस्तै काठमाण्डौ–इस्तानबुल र काठमाण्डौ–दुबई रुटमा पनि हप्तामा चार वटा उडान हुनेछन् ।

दमाम, कुवेत, मलेसिया, दक्षिण कोरिया र जापानमा पनि कोटा तोकेर उडान सञ्चालन हुने मन्त्रालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया