निषेधाज्ञा खुकुलो भएसँगै थप सावधानी अपनाउन डाक्टरको आग्रह

 असार ९, २०७८ बुधबार ९:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको नयाँ म्युटेशन देखा परेकै बेला निषेधाज्ञा खुकुलो भएकाले थप सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका हुन् । निषेधाज्ञा खुकुलो भएसँगै सडक बजारमा चहलपहल बढेकाले यात्रा तथा किनमेल गर्दा र कार्यालयमा काम गर्दासमेत विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।

निजामती कर्मचारी अस्पतालका कोभिड फोकलपर्सन डाक्टर सुमनबाबु मरहट्ठाले अहिले देखिएको डेल्टाको नयाँ भेरियन्ट धेरै संक्रामक रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सामान किन्न पसल जाँदा ग्राहक र व्यवसायी दुवैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने तथा बेलाबेला सेनिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डको ख्याल गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यालय जाँदा र भिडभाड हुने ठाउँमा निस्किँदा पनि सावधानी अपनाउन उहाँको आग्रह छ । सडक बजारमा निस्कने बेलामा मात्रै नभएर घर र कार्यालयमा रहँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्न उहाँको जोड छ । घर र कार्यालयमा रहँदा मास्क लगाउन तथा भौतिक दूरी पालना गर्न पर्दैन भन्ने गलत मानसिकता रहेको भन्दै उहाँले हावा ओहोरदोहोर गर्ने कोठामा बस्न आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको नयाँ स्वरुप देखिएको अवस्थामा निषेधाज्ञा खुकुलो भएकाले यसमा सावधानी अपनाउन नसके कोरोनाको तेस्रो लहर फैलिन सक्ने विज्ञको चेतावनी छ । केही दिनअघि मात्रै नेपालमा कोरोनाको ‘डेल्टा भेरियन्ट’ को ९ वटामा परिस्कृत रुप भेटिएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले यो भाइरस बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने भएकाले सचेत रहन र जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

यही विषयमा तयार पारिएको कोरोना क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहाेस् ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया