मनाङ : मर्स्याङ्दीमा पानीकाे सतह पुलबाट दुई मिटरमाथि पुग्याे, चामे बजार जाेखिममा

 असार ९, २०७८ बुधबार २०:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मनाङ – मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीमा बाढीको बहाव बढ्दै गएको छ । मर्स्याङ्दी नदी थुनिँदा चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने चामे बजार जाने ठूलो पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको हो । नदीमा पानीको बहाव पुलबाट दुई मिटरमाथि पुगिसकेकाले जोखिम थप बढेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । नदीमा बाढीको बहाव बढेपछि असापासमा कटानसमेत सुरु भएको उहाँकाे भनाइ छ । 

गएको शनिवार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा, माटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । त्यति बेला सशस्त्र प्रहरीले नदी खुलाएको थियो । अहिले पनि खुलाउने प्रयास भए पनि पानीको बहाव बढी हुँदा समस्या भएको छ ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया