एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरमा साेमबार राति निषेधाज्ञा लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा साेमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यसअघि स्थानीय प्रशासनले साेमबार दिउँसाे १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो ।
जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो । निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ ।
बजारमा चहलपहल बढेको छ । शैक्षिक संस्था भने साेमबार पनि बन्द छन् । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति असामान्य बनेको थियो ।
स्थानीय प्रशासनले गएकाे शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।