कोरोनाका कारण 'इभेन्ट'का तालिम प्रभावित, अहिलेसम्म झण्डै ४४ हजारलाई तालिम

 असार १२, २०७८ शनिबार १९:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना महामारीका कारण छोटो अवधिका तालिम लिने २० हजार जना विद्यार्थी प्रभावित भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्टले गर्ने कार्यक्रममा कोरोनाको असर परेको र धेरैजनाको तालिम प्रभावित भएको निर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो ।

शिक्षा पत्रकार सञ्जालले गरेको कार्यक्रममा परियोजना निर्देशक भुसालले विशेष गरी पहिले तालिम लिइरहेकाहरुको तालिम छुटेको र नयाँको लागि तालिम लिने र सञ्चालन गर्ने संस्थासँग सम्झौतामा हुन ढिलाइ भएको बताउनुभयो ।

‘कोराेनाको दोस्रो लहरका कारण तालिम सञ्चालन हुन सकेको छैन, अहिले सम्झौताको चरणमा छ’ भुसालले भन्नुभयो, ‘गएकाे वर्ष पनि कोराेनाका कारण समयमा तालिम सम्पन्न भएको थिएन । सामान्य अवस्था भएपछि तालिम सम्पन्न भएको थियो ।’

इभेन्टले प्राविधिक एसएलसीमा भर्ना भएका विपन्नलाई प्रतिविद्यार्थी ५० हजार रुपैयाँ र डिप्लोमा तहमा भर्ना भएकालाई डेढ लाख रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ । पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिइएकोमा परियोजनाले पछिल्लो तीन वर्षमा ४३ हजार आठ सय २३ जनालाई तालिम दिएको छ । चौथो वर्षमा २० हजारलाई दिने लक्ष्य राखेको जनाएको छ ।

परियोजनाको पाँच वर्षको अवधिमा विपन्न, महिला, पिछडिएका समुदायसहित ६९ हजार पाँच सयलाई तालिम दिने लक्ष्य छ । भौचर र नतिजामा आधारित गरी पाँच वर्षभित्र एक लाख १५ हजारलाई तालिम उपलब्ध गराउने इभेन्टको लक्ष्य रहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया