आज कतै सामान्य र कतै ठूलो वर्षा : यो हप्ता चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने  सम्भावना

 असार १३, २०७८ आइतबार ७:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - अहिले प्रदेश एक र दुईमा हल्कादेखि मध्यम वर्षा भइरहेको  छ । बाँकी प्रदेशहरुमा भने मौसम आंशिकदेखि पूर्ण बद्ली रहेको छ । आज दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलाे पानी पर्ने सम्भावना छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम खालको वर्षा हुने मौसमविद् मन्जु बासीले बताउनुभयो ।

प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज राति भने प्रदेश एक र वाग्मतीमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने मौसमविद् बासीको भनाइ छ । पर्सिदेखि भने फेरि मनसुन थप सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यसैबीच, यो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । प्रदेश-१ र २ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको  मौसमविद् मन्जु बासीले बताउनुभयो ।

हप्ताभरि नै यी प्रदेशहरुमा समान्यदेखि पूर्ण बद्ली हुनेछ भने हल्कादेखि ठूलो पानी पर्नेछ । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । यी प्रदेशमा हप्ताको  सुरु तथा मध्यमा थोरै ठाउँमा र अन्त्यतिर केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी/हिमाली भूभागका केही ठाउँहरुमा हिउँ पर्ने पनि सम्भावना देखिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया