कांग्रेसका तीन नेताबीच भेट, केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति

 असार १५, २०७८ मंगलबार १६:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् । 

मङ्गलवार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटका क्रममा आउँदा दिनमा महाधिवेशन केन्द्रित छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रवार महामन्त्री शशाङ्क कोइरालाको टोखामा रहेकाे निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्न सहमत भएका हुन् । 

सञ्चारकर्मीलाई जानकारी दिँदै नेता सिंहले पार्टीमा सबैको चाहना पार्टी राम्रोसँग सञ्चालन हुनुपर्ने र प्रजातान्त्रिक हिसाबले सञ्चालन गर्नुपर्ने रहेको भन्दै छलफलको दायरा बढाउनका निम्ति केन्द्रीय सदस्यहरूसँग बैठक गर्न लागिएको बताउनुभयो । उहाँले १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका नेताहरूसँग पनि छुट्टै छलफल गर्ने जानकारी दिनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘सबैको चाहना के छ भन्दा पार्टी राम्रोसँग सञ्चालन हुनुपर्‍याे । प्रजातान्त्रिक हिसाबले भन्ने छ । यसमा तीन जना मात्रै होइन, छलफलको दायरालाई अलि विस्तारित गर्नुपर्‍याे र आउने शुक्रवार हाम्रो महामन्त्री डा. शशाङ्क कोइरालाजीको टोखा निवासमा पार्टीका सबै केन्द्रीय सदस्यलाई निमन्त्रणा गर्ने र १३ औँ महाधिवेशनमा पार्टी सभापति उम्मेदवार भएकालाई हामी तीन जनाले फेरि अलग्गै कुरा गर्ने ।’

तीन नेताको भेटघाटमा पाउनुपर्नेले क्रियाशील सदस्यता पाउनुपर्ने र छानबिनमा रहेका सदस्यहरूलाई आवश्यक विधि, प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता दिनुपर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया