रुकुम पश्चिममा फेला परेको सकेट बम निष्क्रिय गरियो

 असार १५, २०७८ मंगलबार १८:५७:३५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मङ्गलवार बिहान फेला परेको सकेट बम निष्क्रिय (डिस्फोेज) गरिएको छ । 

स्थानीयवासी खेमबहादुर सुनारले खेतमा खन्ने क्रममा प्लास्टिकले बेरेको तार जडान गरेको अवस्थामा सकेट बम फेला परेको थियो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको  संयुक्त टोलीद्वारा बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील थापाको कमान्डमा गएको ६ जनाको टोलीले बम निष्क्रिय गरेको हो । 

त्यो सकेट बम द्वन्द्वकालमै छोडिएको हुन सक्ने बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया