एमाले बैठकमा मन्त्री कृष्णगाेपाल श्रेष्ठकाे राजीनामा माग

 असार १६, २०७८ बुधबार १४:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग्नुभएको हो ।

एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदकाे आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएको विषय अशोभनीय भएको पूर्वमन्त्री विश्वकर्माको भनाइ छ । बैठकमा अरू नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।

यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि मन्त्री श्रेष्ठले माफी माग्नुपर्ने बताउनुभएको थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत अबदेखि यस्तो काम नगर्न भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराउनुभएको थियो ।

यसैबीच मन्त्री श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग पुगेर गल्ती महसुस गर्नुभएको छ । आयोगका पदाधिकारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले आफूले गल्ती गरेको र अबका दिनमा यस्तो गल्ती नगर्ने बताउनुभएको हो ।

रूपा सुनारमाथि जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले गएको ९ गते रिहा गरेको थियो । रिहाइका लागि मन्त्री श्रेष्ठ आफैँ सरकारी गाडीसहित वृत्तमा पुग्नुभएको थियो ।    

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया