केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेबारे एमालेको खनाल–नेपाल समूह अलमलमा

 असार १७, २०७८ बिहिबार ७:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् । 

दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताउनुभयो । हिजो बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । 

यस्तै बैठकले भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वानसमेत गरेको छ । केन्द्रीय कमिटीलाई माओवादी केन्द्रबाट आएका ४ जना थपेर २६१ सदस्यीय बनाइएको छ । महाधिवेशन आयोजक कमिटी भङ्ग भएसँगै खनाल–नेपाल समूहमाथि लगाइएको कारबाही पनि खारेज भएको छ । 

तर, खनाल–नेपाल समूहले भने हिजोको निर्णयलाई अर्को जालझेल र अलमल्याउने निर्णयका रुपमा बुझेका छन् । यसबारे खनाल–नेपाल समूहका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुट्दै छन् । हिजोदेखि नै अनौपचारिक छलफलमा जुटेका उनीहरुले आज औपचारिक छलफल गर्दै छन् ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया