रुकुम पश्चिम : राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा पक्राउ परेका ११ जना विद्यार्थी नेता रिहा

 असार १७, २०७८ बिहिबार ८:१६:४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा पक्राउ परेका विद्यार्थी नेताहरुलाई प्रहरीले रिहा गरेको छ ।

विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी सङ्गठनले हिजाे बेलुका रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले ११ जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको थियो ।  

विद्यार्थीहरुले तीन घण्टासम्म प्रहरीले आफूलाई नियन्त्रणमा राखेको बताएका छन् । पक्राउ परेकाहरुमध्ये अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, जिल्ला अध्यक्ष सुशिल विष्ट, जिल्ला सचिव नारायण केसी, विद्यार्थी नेता विशाल विष्ट र अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाइते भएका थिए ।

घाइतेहरुसँगै अनेरास्ववियुकी केन्द्रीय सदस्य भावना शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरासहित ११ जनालाई प्रहरीले रिहा गरेको हाे।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया