यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

 असार १८, २०७८ शुक्रबार १३:१४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो ।

यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने खुलाएको छैन । तर यूएईमा रहेका कुटनीतिक नियोगका कर्मचारी, आपतकालीन उपचार गर्नुपर्ने बिरामी, आधिकारिक तथा प्राविधिक प्रतिनिधि र पहिले नै स्वीकृत व्यवसायीहरुलाई भने यो प्रतिबन्धले समेटेको छैन । 

यस्तै अरु देशमा जानको लागि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेको र कोरोनाको भ्याक्सिन अनिवार्य लगाएको हुनुपर्ने जनाइएको छ । 

विभिन्न देशमा रहेका कोरोना संक्रमित यूएई नागरिकलाई भने स्वदेश प्रवेशमा रोक लगाएको छैन । आफू रहेको देशको सम्बन्धित निकाय र यूएईको स्वास्थ्य विभागको स्वीकृति सहित स्वास्थ्य मापदण्डको पालना गरि स्वदेश फर्किन सक्ने बताइएको छ ।

यूएईले गएको बैशाख २९ देखि नेपालसहित विभिन्न देशका नागरिकको यूएई प्रवेशमा समेत रोक लगाएको छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया