कोरोना सङ्क्रमितलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगियो

 असार १९, २०७८ शनिबार १८:५३:४५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको एक कोरोना सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार दिउँसो हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ ।

खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा रहेको आइसोलेशनमा बसिरहेकी खाँदबारी–८ घरभएकी ५२ वर्षीय महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको जिल्ला अस्पताल संखुवासभाले जनाएको छ । उहाँलाई केहीदिन यता श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टर चाटर्ड गरेर काठमाण्डौको ग्राण्डी अस्पताल  लगिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि चार लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गर्नुपरेको पारिवारिक स्रोतको भनाइ छ । 

अहिलेसम्म संखुवासभामा दुई हजार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् । भने ८ जनाले ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया