काठमाण्डाै उपत्यकामा बढीमा २५ जनासम्म राखेर परीक्षा चलाउन पाइने

 असार २०, २०७८ आइतबार १८:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा चलाउन पाइने भएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले निषेधाज्ञा थप खुकुलाे पार्दै यस्ताे निर्णय गरेकाे हाे । 

यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गरी परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षा सकिएपछि सरकारले तोकेको मापदण्डअनुसारको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ । 

एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्काे शिफ्टसँग सम्बन्धित व्यक्ति प्रवेश गर्न मिल्ने गरी फरक समय राख्न काठमाण्डौ जिल्ला प्रशासन कार्यलयले निकालेको विज्ञप्तिमा भनिएको छ । 
‘परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक शिफ्टमा परीक्षा हल अनिवार्य रूपमा निसङ्क्रमित गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ । 

२२ गतेदेखि लागू हुने निषेधाज्ञाकाे नयाँ अवधि असार मसान्तसम्म रहनेछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया