कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव भेटियाे

 भदौ १२, २०७५ मंगलबार ८:३७:४६ | रासस
unn.prixa.net

सिरहा – कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । 

गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका हुन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक तथा राउतको शव कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । चार जनाको समूहमा कमला नदीको जल भर्ने क्रममा डुबेका एक बालकको स्थानीयवासीले तत्कालै उद्धार गरेका थिए । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया