सामान्य बन्दै महेन्द्रनगर, कर्फ्यु हटेपछि चहलपहल बढ्दै

 भदौ १२, २०७५ मंगलबार ९:१५:२७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर सामान्य बन्दै गएको छ । पाँच दिनदेखि जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि हटाएपछि जनजीवन सामान्य बन्दै गएको हो ।

प्रशासन कार्यालयले गएको शुक्रबारदेखि पटक पटक गरी लगाएको कर्फ्यु आदेश मंगलबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि हटाएको महेन्द्रनगरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

कफ्र्यू हटेसँगै महेन्द्रनगर बजारमा चहलपहल बढ्दै गएको छ । कर्फ्युका कारण गएको शुक्रबारदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि खुलेका छन् । पसल खुलेका छन् भने गाडी पनि चल्न थालेका छन् । 

१३ बर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यु आदेश जारी गर्दै आएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया