सुनसरीमा एक सय ५० किलाे गाँजासहित दुई जना पक्राउ

 असार २२, २०७८ मंगलबार १५:६:३३ | सजना तिमल्सिना
unn.prixa.net

माेरङ – सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र  नगरपालिका वडा नम्बर ८ चतराबाट भूपेन राय र अमिर लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।

एउटा कार र एउटा मोटरसाइकलमा राखेर ओसारपसार गरिरहेका बेला गाँजासहित उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट एउटा नक्कली पेस्तोल पनि फेला परेको छ ।

जाँचका क्रममा दुई जना भागेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया