सुजिता भण्डारी मृत्यु प्रकरण : चितवनमा कर्फ्यु

 असार २२, २०७८ मंगलबार १९:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनमा कर्फ्यु आदेश जारी गरिएकाे छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनीलगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले आज बेलुकी साढे सात बजेदेखि भाेलि बुधवार बेलुकी साढै सात बजेसम्म कर्फ्यु आदेश गरिएकाे हाे । 

यस अवधिमा लामाे दुरीका गाडीबाहेक आवातजावत र भेला हुन राेक लगाइएकाे जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएकाे छ । 

सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर आफन्त र सर्वसाधारणले राजमार्ग नै बन्द गरेर प्रदर्शन गर्दै आइरहेका थिए । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया