एमालेको विवाद समाधान कार्यदलको बैठक बेलुका ७ बजे बस्ने

 असार २४, २०७८ बिहिबार १४:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् ।

हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी  छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरू पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया