बुटवल–नारायणगढसहित १८ वटा सडक बन्द, कुन सडकको अवस्था कस्तो ?

 असार २४, २०७८ बिहीबार १८:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – बाढी र पहिरोका कारण  १८ वटा राजमार्ग तथा सडक बन्द रहेका छन् । सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा बाढीले सडक नै बगाएको छ । अहिले सयौँ गाडी लाममा लागेका छन् । गैँडाकोटदेखि बुटवल पुग्न निकै समस्या रहेको प्रहरीले जनाएको छ ।

यस्तै मुग्लिन–नारायणगढ सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । सेती दोभानमा बिहान ठूलो पहिरो खसेपछि बन्द भएको सडक दिउँसोदेखि खुलेको छ । मुग्लिन–नारायणगढ सडकको ठाउँ–ठाउँमा माथिबाट ढुङ्गा खस्ने क्रम चलिरहेकाले गाडी नियमित चल्न सकेका छैनन् ।

यद्यपि हिजो बुधवारको तुलनामा आज धेरै गाडीलाई वारपार गराउन सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीदेखि पोखरासम्मका विभिन्न ठाउँमा सडक बन्द छ । पाल्पाको झुम्सा, हिउँदे खोला, सिद्धबाबा, पिपलडाँडा लगायतका ठाउँमा पहिरोले सडक बन्द छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको दोविल्ला र नयाँ पुलमा पनि पहिरोले सडक बगाउँदा गाडी चल्न सकेका छैनन् । ललितपुर–मकवानपुरका विभिन्न ठाउँमा पहिरो जाँदा कान्ति राजपथ पनि बन्द रहेको छ ।

यस्तै लमजुङबाट मनाङ जाने सडक, सिन्धुपाल्चोक, रसुवा लगायतका ठाउँमा पनि सडक बन्द रहेकाे सडक विभागले जनाएको छ ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया