डडेल्धुरामा जीप दुर्घटना: ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

 भदौ १२, २०७५ मंगलबार १३:३९:२४ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – सरमुकाम नजिकैको आइतबजारमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिनुभयो । 

जीपमा चालक सहित १४ जना रहेको प्रहरीले जनाएको छ भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जीप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

उद्धारको लागि घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई उपचारको लागि उप–क्षेत्रीय अस्पताल ल्याइंदै गरेकाे प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया