लगातारको वर्षाले नारायणी नदीमा बाढीको जोखिम

 असार २५, २०७८ शुक्रबार ६:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - निरन्तरको वर्षाले नारायणी नदीमा पानीको बहाव बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोर लगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ ।

आज प्रदेश-१,  वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया