ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग पहिरो गएर बन्द, अरू सडककाे अवस्था के छ ?

 असार २५, २०७८ शुक्रबार १४:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै : ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग दुई ठाउँमा पहिरो गएर बन्द भएको छ । ललितपुरको छपेली र मकवानपुरको थिङ्गनमा हिजो बिहीवार गएको पहिरो हटाउन समस्या भएकाले बाटो पूर्ण रूपमा बन्द रहेको सडक विभागले जनाएको छ । 

यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको डोभिल्ला र नयाँ पुलमा गएको पहिरोले तीन दिनदेखि बाटो पूर्ण रूपमा बन्द भएको छ । 

बाढी तथा पहिरोका कारण गएको जेठ ३१ गतेपछि राष्ट्रिय स्तरका सडकको एक सय १८ ठाउँमा अवरोध भएकोमा १७ वटा सडक अझै पूर्ण रूपमा बन्द छन् । ६३ ठाउँको अवरोध हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ भने ३८ ठाउँमा सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

सबैभन्दा धेरै डुम्रे–बेसिसहर–चामे सडक अन्तर्गत मनाङमा चार ठाउँ र लमजुङमा तीन ठाउँमा बाटो पूर्ण बन्द भएको छ । यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतमा तीन ठाउँमा बाटो बन्द छ । 

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारीमा बाटो बन्द छ । यस्तै सिदार्थ राजमार्गको पाल्पा र ठोरी–भडारा रसुवागढी सडक अन्तर्गत रसुवाको त्रिशूली खोला, सानो भार्खुखोला र जागाबारीमा बाटो बन्द रहेको सडक विभागले जनाएको छ ।  

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया