पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – अर्घाखाँचीमा तोकिएको भन्दा बढी भाडा लिने ६ वटा सार्वजनिक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइ जरिबाना गरेको छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडकमा चल्ने सार्वजनिक गाडीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि ६ वटा गाडीलाई नियन्त्रणमा लिइ कारबाहीसहित जरिबाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रविन आचार्यले बताउनुभयो ।
यातायात व्यवसायीका पदाधिकारीलगायतको उपस्थितिमा चालक तथा सहचालकलाई ट्राफिक सचेतना दिइ दुई वटा बस, तीन वटा माइक्रोबस र एउटा जीपलाई १५ सय रुपैयाँका दरले जरिबाना तिराइएको प्रहरीको भनाइ छ ।
सार्वजनिक गाडीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएपछि ट्राफिक प्रहरीले तत्कालै बढी लिइएको रकम फिर्ता गराएको थियो । तिनै गाडीका धनीबाट जरिबाना तिराइएको प्रहरीको भनाइ छ ।
जिल्लामा निषेधाज्ञामा जोर–बिजोर हटेपछि सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा प्रहरीले गाडी जाँचमा प्रहरीले कडाइ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।