महोत्तरीको लोहरपट्टी नगरपालिका-७ की सुजिताको शव फेला

 असार २७, २०७८ आइतबार १२:३२:७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भमरपुराकी सुजिता ठाकुरको शव फेला परेको छ । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा सडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

सुजिताको माइतीपक्षले शव पहिचान गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । गएको असार १३ गते सुजिताका श्रीमानकाे खेतमा चार फिट गहिरो खाँडल खन्दा कपाल, नुन, तन्ना र डोरी फेला पारेको थियो तर शव फेला परेको थिएन ।

सुजिताको गएको जेठ २० गते हत्या भएको थियो । महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया