७३ अङ्कभन्दा धेरैले बढेको नेप्सेमा हरियाली, २५ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो

 असार २७, २०७८ आइतबार १५:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज आइतवार एकै दिन झन्डै ७४ अङ्कले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से ७३ दशमलव ३३ अङ्कले बढेर दुई हजार आठ सय ९८ विन्दुमा पुगेको छ ।

आज बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड १५ लाख कित्ता शेयर आठ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३९ करोड ९६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

आज एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बाँकी १३ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  समग्र बजार बढे पनि आज कर्पोरेट विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया