भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि पूर्ण स्वस्थ रुपमा शनिबार स्वदेश ल्याइँदैछ ।
नयाँदिल्लीमा रहेकाे मेदान्ता अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो ।’
उहाँका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कनुहुनेछ । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यही जेठ ९ गते नयाँदिल्लीकाे मेदान्ता अस्पताल लगिएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि गएकाे सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट )बाट क्याबिनमा सारिएको थियो ।
नयाँदिल्ली जानुअघि उहाँको वैशाख २८ गते धापासीमा रहेकाे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्ता अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उहाँको उपचारमा संलग्न थियो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर पनि जानुभएको थियो । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।
––रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।