भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर - पाँच दिनदेखि जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि हटाए पनि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यू हटेसँगै महेन्द्रनगर बजारमा चहलपहल बढ्दै गएको थियो । कर्फ्यूका कारण गएको शुक्रबारदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि खुलेका थिए । पसल खुलेका छन् भने गाडी पनि चल्न थालेका छन् ।
१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यू आदेश जारी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक पुरी
Nov. 23, 2019, 8:40 p.m.निर्मला काण्डमा अन्गुर जिसि सहितका प्रहरी बिरुद्ध भएको अपमान पुर्ण कारबाहीको जिम्मेवार गृहमन्त्री र प्रहरी प्रमुखले मात्र होइन ओलीले ती प्रहरीसग भेट गरि माफि माग्न पर्छ । आफ्नै संगठनका सिपाहीलाई बिश्वास नगरि पाटीका झोले अभियन्ताको पछि कुद्दा निर्मलाले न्याय नपाएको स्पष्ट भयो ।