जापानले नेपाललाई १६ लाख डोज खोप दिने पक्का, कोभिशिल्डको पहिलो डोज लगाएकाहरुलाई दिइने

 असार २९, २०७८ मंगलबार १५:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत एस्ट्राजेनेका कम्पनीको १६ लाख डोज खोप दिने बताउनुभएको  छ ।

यो खोपमध्ये अगष्टसम्म नेपाल आइपुग्ने नेपालमा रहेको जापानी दूतावासले जनाएको छ । कोभिसिल्डको पहिलो डोज लगाइसकेकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो डोज दिन सकिने दूतावासले जनाएको छ ।  राजदूत किकुता युतुकाले नेपाल र जापानबीच रहेको धेरै लामो मित्रताका कारण खोप उपलब्ध गराइएको र यसले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने दूतावासको भनाइ छ ।

नेपालमा कोरोनाको बढ्दो महामारीका कारण खोपको अत्यन्तै आवश्यकता रहेको विषयलाई जापान सरकारले नजिकबाट हेरिरहेको पनि उहाँले बताउनुभएको छ । नेपालले यसअघि हिजो पनि कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट १५ लाख डोज जोनसन एण्ड जोनसनको खोप पाइसकेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया