दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।
माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्ने काम भइरहेको बताउनुभयो ।
‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमान्दारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउनुपर्ने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु’ ओलीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।