मोटरसाइकल चोरी र लागुऔषध कारोबारमा संलग्न तीन जना घुमुवा प्रहरी निलम्बन

 असार ३०, २०७८ बुधबार ७:५९:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । मोटरसाइकल चोरी र लागुऔषधको कारोबारमा संलग्न रहेको आरोप लागेका उनीहरु निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् । त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया