नवजात शिशु हत्याको आरोपमा मोरङ रङ्गेलीमा चार जना पक्राउ

 असार ३०, २०७८ बुधबार ९:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - मोरङको रङ्गेलीमा शिशु हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । रंगेली नगरपालिका ५ आँपगाछीका अरूण मण्डलको श्रीमती वर्ष २५ की खुस्बु मण्डलले शिशु जन्मेलगत्तै घाँटी थिचेर मारेको र परिवारले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो ।

घटनामा संलग्न रहेका बुवा ५० वर्षका नागेश्वर मण्डल, आमा ४८ वर्षकी उर्मिला र खुस्बु दम्पत्तीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । नवजात शिशु छोरी रहेको र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया