दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ - साउन १ गते अर्थात् भोलिदेखि लामो दुरीका सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । यसबारे आज स्वास्थ्य मन्त्रालयसहित काठमाण्डौ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।
लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दु:ख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । कामका लागि काठमाण्डौ आउनै पर्ने यात्रुहरुले तेब्बर-चौबर भाडा तिर्नु परेको गुनासो बढेपछि जोर-बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउने तयारी थालिएको हो । यसबारे बेलुकासम्ममा निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
यस्तै बजारमा भोलिदेखि निषेधाज्ञा कडा पार्ने हल्ला चलेको भन्दै उहाँले हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ । अहिले कोरोना सङ्क्रमण जोखिम नै रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको छ । तर हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि उहाँको आग्रह छ ।
यसैबीच काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता नै दिने तयारी भएको छ । अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी गरिएको हो ।
उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।