दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने एमाले नेताहरुको प्रतिबद्धता

 साउन २, २०७८ शनिबार १४:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेताहरुले दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकतावद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन् । आज बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र संविधानलाई सबल बनाउन सकिने उहाँको भनाइ छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्ने सबैको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी कमिटीका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो । पार्टीभित्र देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गएको असार २७ गते दश बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।

हिजो बसेको एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको दश बुँदे सहमति अनुुमोदन गरेको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्तलगायत सहभागी हुनुभएको थियो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया